काठमाण्डौ । बुधबार नेपाली शेयर बजारमा अर्धसतक हाराहारीमा गिरावट आएको छ ।
आज दिनैभरिको कारोबारमा ४० अंकल भन्दा धेरैले नेप्से घटेको छ त्यस्तै कारोबार रकम पनि ५ अर्व ३५ करोड रुपैयाँमा झरेको छ । २२२ कम्पनीहरुको शेयर मूल्य खरिद विक्री भएकोमा ११ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीहरुको शेयर मूल्य भने घटेको छ ।
अरुण भ्यालीको शेयर खरिद विक्रि सबैभन्दा धेरै हुँदा नेप्सेका सबै उपसूचकमा रातो पोतिएको छ । आज पनि वीमा समूहको उपसूचक सबैभन्दा धेरै घटेको छ ।
बुधबार मनकामना स्मार्ट लद्युवित्तको शेयर मूल्य सबै भन्दा धेरै बढेर कारोबार भएको छ । राष्टबैकले मौद्रिक निति मार्फत १२ करोड सिमा कायम गरेपछि शेयर बजार ३ हजार माथिको विन्दुबाट ओरालो लागेको हो । नयाँ लगानीकर्ताहरु कतिपय पर्ख र हेरको रणनीतिमा रहेको साथै कतिपय लगानीकर्ताहरु आत्तियर शेयर विक्री चाप बढाएको अनुमान गर्न सकिन्छ ।