ओलीको मन्त्रिपरिषदमा दुई उपप्रधानमन्त्री र १९ मन्त्रीहरू

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहणसँगै २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्। मन्त्रिपरिषदमा दुई उपप्रधानमन्त्री र १९ मन्त्रीहरू रहेका छन्। कांग्रेस, एमाले, जसपा, र लोसपाका प्रतिनिधिहरू मन्त्रिपरिषदमा समावेश छन्।

कांग्रेसबाट १० जना, एमालेबाट ८ जना, जसपाबाट २ जना, र लोसपाबाट एक जना मन्त्री बनेका छन्।

ओली क्याबिनेटको सूची:

  • प्रकाशमान सिंह: उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री
  • विष्णु पौडेल: उपप्रधानमन्त्री तथा अर्थमन्त्री
  • पृथ्वी सुब्बा गुरुङ: सञ्चारमन्त्री
  • रमेश लेखक: गृहमन्त्री
  • शरदसिंह भण्डारी: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
  • डा. आरजु देउवा: परराष्ट्रमन्त्री
  • प्रदीप यादव: खानेपानीमन्त्री
  • बलराम अधिकारी: भूमि व्यवस्था मन्त्री
  • दामोदर भण्डारी: उद्योग मन्त्री
  • नवलकिशोर शाह: महिला तथा बालबालिका मन्त्री
  • देवेन्द्र दाहाल: भौतिक पूर्वाधारमन्त्री
  • तेजुलाल चौधरी: युवा तथा खेलकुदमन्त्री
  • प्रदीप पौडेल: स्वास्थ्य तथा जनसंख्या मन्त्री
  • अजय चौरसिया: कानूनमन्त्री
  • बद्रीप्रसाद पाण्डे: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
  • रामनाथ अधिकारी: कृषिमन्त्री
  • विद्या भट्टराई: शिक्षामन्त्री
  • मानवीर राई: रक्षामन्त्री
  • दीपक खड्का: उर्जामन्त्री
  • राजकुमार गुप्ता: संघीय व्यवस्थामन्त्री
  • ऐनबहादुर शाही ठकुरी: वनमन्त्री

प्रतिक्रिया