सुमनलाई सर्वोत्कृष्ट गीतको उपाधि

नयाँ दिल्ली,भारत।सुजन म्युजिक प्रालीको आयोजनामा इण्डो नेपाल सुजन म्युजिक अवार्ड २०८० को पर्व विघाबाट सर्वोत्कृष्ठ गीतकारबाट सुमन ढकाललाई भारतको नयाँ दिल्लीमा अवार्ड प्रदान गरिएको छ। 

कार्यक्रममा नेपाली राजदुतावास महाहिम डा शंकर शर्माको प्रमुख अतिथ्यता रहेको थियो। 

सुमन ढकालको अर्जुन सापकोटा संगको सहकार्यमा केहि समय अगाडी आएको “भाउँ बढ्यो” गीत सम-सामयिक सामाजिक यथार्थ बोकेको रहेकोले चर्चा पाउन सफल रह्यो।

गीत संगीतको संघर्ष बोकेर यो दौरानमा उत्रिदा आज जिवनको यो ढकालको पहिलो अवार्ड हो।

कार्यक्रम भारतको नयाँ दिल्लीमा अग्रज गायक संगीतकार निर्देशक संगै भारतका ठुला व्यक्तित्वको आगमनमा डिसेम्बर १७ मा समापन भएको हो।

प्रतिक्रिया