रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाण्डौ । पाका र अनुभवी कलाकारहरुको नाम लिँदा कमल खनालको नाम सबै भन्दा अगाडी आँउछ । अडियो विक्री हुने बेलामा निकै चर्चा कमाउन सफल सर्जक तथा गायक खनाल आजको दिन सम्म आइपुग्दा पनि नेपाली सांगीतिक क्षेत्रमा निकै सक्रिय छन ।
उनै खनालको फरक धारको नयाँ गीत घाँमै घमाइलो भर्खर मात्र सार्वजनिक भएको छ । गीतमा खनालकै लय तथा शब्द सिर्जना रहेको छ भने आवाजमा अहिलेकी चर्चित गायिका समिक्षा अधिकारीले उनलाई साथ दिएकी छन । गीतले माया प्रेमलाई विषय बनाएको छ ।
गीत सार्वजनिक भए पछि सबैबाट राम्रो प्रतिक्रियाहरु आइरहेको सर्जक तथा गायक खनालले हामीलाई जानकारी दिनु भयो । गीतको म्युजिक भिडियो समेत निकै उत्कृष्ट बनाइएको छ । विक्रम चौहानको निर्देशन रहेको गीतमा सुधिर श्रेष्ठ र गरिमा शर्माको अभिनय देख्न सकिन्छ । गीतको सम्पादन मिलन विश्वकर्माले गरेका छन भने प्रकाश खड्काले भिडियो खिचेका हुन । गीतलाई कलम खनालको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।