नबिल बैंकको शेयर बिक्रीमा

काठमाडौं - नबिल बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ५० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य ४८० रुपैयाँ तोकेको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिनेछ । बैंकका केही सस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक हाल कायम संस्थाका संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ( भदौ १३) मितिबाट ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय तिनधारा, विणामार्ग, काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

प्रतिक्रिया