सेयर बजारको उकालो यात्रामा ब्रेक, कारोबार रकम भने १४ अर्बमाथि

काठमाडौं - सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.६२ अंकले घटेर २८७६.६६ विन्दुमा पुगेको छ। यसअघि फागुन १ गते नेप्से ७.२६ अंकले घटेको थियो, त्यसपछि लगातार ९ दिनसम्म वृद्धि भएको थियो। तर, सोमबार पुनः गिरावट आएको हो।

आज नेप्से ०.४७ प्रतिशतले घट्दा कुल १४ अर्ब २८ करोड ४५ लाख १० हजार रुपैयाँ बराबरको ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता शेयर कारोबार भएको छ। कारोबारमा ३०० वटा कम्पनी सहभागी रहे, जसमा ५१ कम्पनीको शेयर मूल्य बढ्यो भने १८७ कम्पनीको घट्यो। ६ कम्पनीको मूल्य भने स्थिर रह्यो।

१३ वटा समूहमध्ये ५ वटा समूहको परिसूचक बढ्यो भने ८ वटाको घट्यो। सबैभन्दा बढी अन्य समूह १.६८ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूह ०.२५ प्रतिशतले मात्र बढ्यो। यस्तै, सबैभन्दा बढी गिरावट होटल तथा पर्यटन समूहमा १.८८ प्रतिशतको रह्यो, भने लगानी समूह ०.२४ प्रतिशतले घट्यो।

प्रतिक्रिया