काठमाडौं - बहुप्रतिभाका धनी बागलुङ दुई युवा कृष्ण केसी र प्रेम थापा एउटै गीतमा देखिएका छन् । भर्खर मात्र सार्वजनिक भएको नयाँ गीत "बेनी बजारैमा" मार्फत कृष्ण केसीको आवाज र प्रेमलाई मोडलको रुपमा देख्न सकिन्छ ।
निकै उत्कृष्ट सो गीतमा शब्द शिव हमाल र लय गायक केसीकै रहेको छ । केसीलाई आवजमा निरुशा भट्टराई पाण्डेले साथ दिएकी छन् ।
पछिल्लो समय सकम्बरी नामले चर्चित कुसुम शर्मा र प्रेम थापाको अभिनय रहेको गीतलाई मौसम हिमालीले निर्देशन गरेका छन् । गीतको संगीत संयोजन भने कृष्ण केसीको रहेको छ
।