लगानीकर्ताको डर हटेन,बुधबार पनि नेप्सेमा भरी गिरावट कारोबार रकम पनि घट्यो

काठमाडौं - बुधबार पनि नेप्सेमा ठूलो पहिरो गाएको छ । मंगलबार बजार अर्धसतक हाराहारीमा घटेको बजार आज पनि सोही अनुरूप घटेको छ । 

शेयर धितो कर्जाको बहानामा नेप्सेमा निरन्तर बिक्री चाप पर्दा बजार घट्न पुगेको हो । 

बुधबार नेप्से करिव ६० अंकले घटेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २८७६ विन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेर ६ अर्व ६४ करोड हाराहारीमा झरेको छ । 

आज कारोबार भएका मध्य २० कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने १६१ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै ४ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । आज युनाईटेड मोदीको शेयर सबै भन्दा धेरै खरिद विक्री भएको छ । 

प्रतिक्रिया