मेगा बैंकलाई नेपाल राष्ट्र बैंकको स्पष्टिकरण


काठमाडौं–मेगा बैंकले नियम विपरित निक्षेप तान्न खोजे पछि नेपाल राष्ट्र बैंकले स्पष्टिकरण सोधेको छ । बैंकले निक्षेपकर्तालाई ११.०३ प्रतिशत व्याजदरमा ३ महिनाभन्दा बढीको लागि तोकिएको परिमाणमा निक्षेप राखे अग्रिम ब्याज भुक्तानी गर्ने योजना ल्याएको थियो । सोही अनुसार केही ग्राहकलाई भुक्तानी समेत दिएको उजुरी नेपाल बैंकर्स संघमा परेको थियो । 


बैंकले अपनाएको स्कीम नियम विपरित हो । अग्रिम व्याज दिने व्यवस्थालाई राष्ट्र बैंकले २०७४ साल मै बन्देज लगाइसकेको छ । अग्रिम ब्याजको स्कीम ल्याएकाले बैंकलाई स्पष्ट्रिकरण सोधेको राष्ट्र बैंकका एक अधिकारीले बताए । मेगा बैंकले नपाकेको ब्याजको भुक्तानी गर्दै ग्राहक लोभ्याएको समाचार सञ्चार माध्यममा आएको थियो ।


राष्ट्र बैंकले मेगालाई तत्काल स्कीम ल्याएर अग्रिम ब्याज भुक्तानी गरेको भए रोक्न निर्देशन दिएको छ । कारोबारको सम्पूर्ण विवरण समेत माग गरेको छ । बैंक सुपरीवेक्षण टोलीले नियमित अनुगमन तथा निगरानीमा बढी ब्याज दिने र नपाकेको ब्याज अग्रिम भुक्तानी गरे÷नगरेको समेत हेर्ने जनाएको छ ।
 

प्रतिक्रिया