कारोबार रकममा उकालो लाग्दा नेप्से भने घट्यो  

काठमाडौं– निरन्तर उकालो लागेको शेयर बजार फेरी ओरालो लाग्न थालेको । बिहिबार  शेयर नेप्से सामान्य अंकले घटेको छ । नेप्से घटेको भएपनि कारोबारमा भने उछाल आएको छ । बिहिबार नेप्से ९।३२ अंकले घट्दा पनि कारोबार भने करिब साढे ६ अर्बको भएको छ । 

बिहीबार नेप्से ०।४३ प्रतिशतले घटेर २११२।२९ विन्दु कामयम भएको छ । आज ६ अर्ब ४४ करोड ३० लाख २९ हजार रुपैयाँ बराबरको १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता शेयर ७७ हजार ४०० पटक किनबेच भएको छ । 


बिहीबार ३१३ कम्पनीको शेयर कारोबार हुँदा ९३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज सेन्सेटिभ इन्डेक्स ०।७२ अंकले, फ्लोट इन्डेक्स ०।४८ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०।११ अंकले घटेको छ । 


आज १३ वटा समूहमध्ये विकास बैंक समूह र फाइनन्सको बाहेकका अन्य ११ समूहको शेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय