काठमाडौं : सेयर बजारमा सामान्य सुधार देखिएको छ। बजार मापन गर्ने परिसूचक ६.५३ अंकले बढेर २,६५३.३८ बिन्दुमा पुगेको छ। ३०५ कम्पनीका १ करोड ५५ लाख २ हजार ७५१ कित्ता सेयरको ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार ७८४ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारमा १३९ कम्पनीका सेयर मूल्य बढेका छन् भने ९५ कम्पनीका सेयर मूल्य घटेका छन्। विकास बैंक, वित्त कम्पनी, जलविद्युत, जीवन बिमा, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स समूहका उपसूचकहरु बढेका छन् भने अन्य समूहका उपसूचकहरु घटेका छन्।
समृद्धि फाइनान्स र सिन्धु विकास बैंकका सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्थाका सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा न्यादी हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ। उक्त कम्पनीको २२ करोड ५३ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दोस्रो र तेस्रो स्थानमा क्रमशः सिन्धु विकास बैंक र सुपर मादी हाइड्रोपावर कम्पनी रहेका छन्।