साताको अन्तिम दिन भारी मूल्यले घट्यो सुनको मूल्य

काठमाडौंं - शुक्रबार नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८०० रुपैयाँले घटेर ९३ हजार ८०० रुपैयाँमा झरेको हो । 

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ८०० रुपैयाँले नै घट्दै ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ३५ रुपैयाँले घट्दै आज एक हजार १४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया