गुरुआमा फिल्मसको तीज गीत ‘मेरो जवानीले पार्‍यो अलमल’

काठमाडौं । असार १५ को दिनपनि कलाकारहरू तीजको माहोलमा रमाइरहेका छन्। केही तीज गीतहरू पोस्ट-प्रोडक्सनको चरणमा छन् भने केही सार्वजनिक भइसकेका छन्। यस वर्ष पनि करिब ३ सयभन्दा बढी तीज गीत सार्वजनिक हुने अनुमान गरिएको छ।

यही क्रममा गुरुआमा फिल्मसको तर्फबाट यस वर्षको तीज गीत ‘मेरो जवानीले पार्‍यो अलमल’ सार्वजनिक गरिएको छ। माया प्रेममा आधारित एक युवतीको भावनालाई प्रस्तुत गरिएको यस गीतमा उत्कृष्ट अडियो र भिडियो निर्माण गरिएको छ।

गीतमा समिक्षा अधिकारीऋषि खड्काको स्वर रहेको छ भने लय र शब्द सिर्जना ऋषि खड्काकै हो। गीतको म्युजिक भिडियो स्मृति तिमिल्सिनाको निर्देशनमा तयार पारिएको छ। गीतमा अञ्जली अधिकारीको अभिनय रहेको छ । 

 

प्रतिक्रिया