निफ्राको नाफामा चमत्कारिक सुधार

काठमाडौं - नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यसअवधिसम्म आइपुग्दा कम्पनीले ३७ करोड ८६ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ५६.४६% ले बढी हो । गत वर्षको यही अवधिमा कम्पनीले २४ करोड २० लाख २७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यसअवधिमा सञ्चालन नाफा ५६.४७% ले बढेर ५४ करोड ९ लाख रुपैयाँमा पुगेको छ । गत वर्ष यसैअवधिमा यसले ३४ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो । 

खुद ब्याज आम्दानी पनि ५८.६१% ले बढेर ६५ करोड ५७ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार भएकोले यसको खुद नाफा पनि बढेको हो । साथै, कम्पनीको इम्पेरिमेन्ट चार्ज भने घटेको छ । बैंकको वितरणयोग्य नाफा १९ करोड ६ लाख रुपैयाँबाट बढेर २९ करोड ८५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोषमा २ अर्ब ११ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यही अवधिमा कम्पनीको जगेडामा २ अर्ब ६४ करोड ३७ लाख रुपैयाँ जम्मा रहेको थियो ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २ रुपैयाँ १७ पैसाले बढेर ७ रुपैयाँ १ पैसा कायम भएको छ । गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४४ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ७८ पैसा छ ।

प्रतिक्रिया