काठमाडौं, चैत १२ — नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुटेको छ। वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घण्टीघर’ मा बसेको बैठकमा सहभागी हुन वरिष्ठ नेता बालेन्द्र शाह पुगेका छन्।
निर्धारित कार्यतालिका अनुसार दिउँसो केन्द्रीय समिति बैठक बसेको हो भने त्यसपछि साँझ संसदीय दलको बैठक बस्ने तयारी गरिएको छ। शपथपछि रास्वपाका सांसद र केन्द्रीय सदस्यहरू सिधै पार्टी कार्यालय पुगेर आगामी रणनीतिबारे छलफलमा केन्द्रित भएका छन्।