व्यापार तनाव चर्किन नदिने समझदारीमा अमेरिका र चीन

एजेन्सी । अमेरिका र चीनले एकअर्काविरुद्ध नयाँ कर नलगाउने सहमति थप ९० दिनका लागि लम्ब्याएका छन्। विद्यमान सम्झौताको म्याद सकिनै लाग्दा भएको यो निर्णयले तत्कालका लागि दुई देशबीचको व्यापार युद्ध चर्किनबाट रोकिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार कार्यकारी आदेशमा हस्ताक्षर गर्दै मे महिनामा भएको अस्थायी सम्झौतामा निरन्तरता दिएका हुन्। यससँगै अमेरिकाले मंगलबारदेखि चिनियाँ सामानमा उच्च शुल्क लगाउने पूर्व चेतावनीबाट पछि हटेको छ।

गत महिनाको वार्तामा चीनले सहमति कायम राख्ने प्रतिबद्धता जनाएको थियो। यसअघि अप्रिलमा राष्ट्रपति ट्रम्पले चिनियाँ सामानमाथि भारी कर लगाउने घोषणा गरेपछि व्यापार तनाव उत्कर्षमा पुगेको थियो। त्यसको जवाफमा चीनले पनि अमेरिकी सामानमाथि प्रतिशोधात्मक कर लगाएको थियो, जसले विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार युद्धको सुरुवात गराएको हो।

मे महिनाको सम्झौताले दुवै पक्षलाई नयाँ कर लागू गर्नबाट रोक्दै वार्ताको बाटो खोलेको थियो। सोही सम्झौताकै अवधि अहिले थप ९० दिनका लागि लम्ब्याइएको हो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय