शेयर बजारलाई हरियो झण्डा,माघमा घट्ने भयो व्याजदर

काठमाडौं - नयाँ सरकार आएसँगै उत्साह छाएको शेयर बजारको लागि अर्को खुसीको खबर पनि थपिएको छ । नेपाल बैंकर्स सँघले आगामी माघ महिनादेखि मुद्दती निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ ।  

बुधबार बैंकर्ससँघले गरेकाे छलफलमा अधिकाँश बैंकले ब्याजदर घटाउनुपर्ने धारणा राखेपछि मुद्दतीको ब्याजदर घटाउने भद्र सहमति भएको हो।

हाल बैंहरुको मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत छ। बैंकर्स सँघले माघदेखि उक्त ब्यादर घटाएर ११ प्रतिशतमा झार्ने सहमति गरेको छ।अहिले बैंकहरुमा तरलता पनि सहज हुँदै गएको र ब्याजदर घटाउन अर्थमन्त्रालयदेखि व्यवसायीसम्मको दवाब बढेको कारणले पनि बैंकहरु ब्याजदर घटाउने निर्णयमा पुगेका हुन।

हिजोदेखि नै बैंकर्स सँघको जिम्मेवारी एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सम्हालेका थिए। नयाँ नेतृत्व आउने वित्तिकै ब्याजदर घटाउने निर्णय गरेको हो। 

व्याजदर घट्ने खबरले शेयर बजारलाई राम्रो प्रभाव पार्ने धेरैको बुझाई छ । अब बिस्तारै ऋणको पनि ब्याज घट्दै जाने विश्वास रहेको छ । 

निक्षेपको ब्याजदर घट्दा यसले बैंकहरुकाे लागत घट्ने छ भने यसले बैंहरुको आधार दर पनि घट्ने छ। यसले गर्दा अर्को त्रैमासदेखि कर्जाको ब्याजदर समेत घट्ने छ।

प्रतिक्रिया