काठमाण्डौ । यतिबेला काठमाण्डौमा नेपाली काँग्रेसको महाधिवेशनको चर्चा चलिरहेको छ । आज नाम फिर्ता लिने र मतदान सुरु हुँदै छ ।
यसै विच प्रदेश २ बाट केन्द्रिय सदस्यमा प्रकासढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन । यो क्लस्टरबाट जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि ढुंगाना र रिजाल सर्वसम्मत भएको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए । ढुंगाना र रिजाल दुबै संस्थापन पक्षका हुन् ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिजो उम्मेदवारी दर्ता भएको थियो । उम्मेदवारहरुको मनोनयन फिर्ता लिने समय आज बिहान ११ बजेसम्म छ । आजै सवा १२ बजे अन्तिम नामावली प्रकाशन गर्ने र भोलि बिहान आठ बजेदेखि मतदान गर्ने निर्वाचन तालिका छ ।