नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं - नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) ले शत प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ ।

बैंकले शतप्रतिशत हकप्रद निष्काशन गर्ने अनुमाति माग्दै नेपाल धितोपत्र बोर्डमा भदौ ९ गते आवेदन दिएको हो ।हाल कायम चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँको १ बराबर १ अनुपातमा हकप्रद जारी गर्न अनुमति माग्दै बैंकले बोर्डमा आवेदन दिएको हो ।

शत प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटल रहेको छ ।

असार ८ गते सम्पन्न विशेष साधारण सभाले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेकाे थियाे । 

प्रतिक्रिया