काठमाडौंँ - साताको दोस्रो दिन राताम्य भएको शेयर बजार तेस्रो दिनमा समेत सुधार आउन सकेको छैन । नेप्से मंगलबार झिनो अकंले ओरालो लागेको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज ४.८७ अकंले घटेर १९३३.८८ बिन्दुमा बन्द भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज २४.४६ अकंले बढेर १९३८.७६ बिन्दमा बन्द भएको थियो ।
मंगलबार पूँजी बजारमा सूचीकृत २३८ कम्पनीको २५ लाख ८१ ह्जार ४२५ कित्ता शेयर किनबेच हुदाँ ९६ करोड ५२ लाख १० हजार ८९९ रुपैयाँको कारोबार भएको छ । सोमबार भने पूँजी बजारमा सूचीकृत २४० कम्पनीको ४१ लाख २७ हजार २८६ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३४ रुपैयाँको कारोबार भएको थियो ।
आज शिवम सिमेन्टको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर ८ करोड १२ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ ।साथै, हिमालयन डिस्टलरीको ५ करोड ५० लाख रुपैयाँ, रिडी पावरको ५ करोड २ लाख रुपैयाँ, नलिब बैंकको ४ करोड ८१ लख ९५ हजार रुपैयाँ र एनआइसि एशिया बैंकको ३ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ ।