राष्ट्र बैंकको मौद्रिक नीति कार्यान्वयनमा, २० बैंकले घटाए ब्याजदर

काठमाडौं — नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको प्रभाव बैंकिङ क्षेत्रमा प्रत्यक्ष देखिन थालेको छ। मौद्रिक नीतिमा ब्याजदर करिडोरको सीमाहरू घटाइएपछि वाणिज्य बैंकहरूले पनि आफ्नो मुद्दति निक्षेपको ब्याजदर क्रमशः घटाउँदै लगेका छन्।

नयाँ नीतिअनुसार बैंक दर ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत, निक्षेप संकलन दर ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत, र नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा झारिएको हो। यसले बजारमा तरलता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसैको प्रभावस्वरूप अधिकांश बैंकहरूले साउन महिनाका लागि मुद्दति निक्षेपमा दिइने ब्याजदर घटाएका छन्। केही बैंकहरूले ब्याजदर यथावत् राखेका छन् भने केहीले सानो मात्रामा वृद्धि पनि गरेका छन्।

यस परिवर्तनसँगै केही विशेषज्ञहरूले निक्षेपकर्ताहरू अन्य क्षेत्रतर्फ मोडिने सम्भावना र पुँजी पलायनको खतरा बढ्न सक्ने चेतावनी दिएका छन्।

बैंकको नाम असार ब्याजदर (%) साउन ब्याजदर (%) परिवर्तन (%)
कृषि विकास बैंक 5.45 5.40 −0.05
एभरेष्ट बैंक 6.55 6.25 −0.30
नेपाल बैंक 5.45 5.40 −0.05
लक्ष्मी सनराइज बैंक 5.75 5.50 −0.25
माछापुच्छ्रे बैंक 6.00 6.00 0.00
एनआईसी एशिया बैंक 6.55 6.25 −0.30
प्रभु बैंक 6.10 4.25 −1.85
स्ट्यान्डर्ड चार्टर्ड बैंक 6.25 6.26 +0.01
राष्ट्रिय वाणिज्य बैंक 6.00 5.50 −0.50
नबिल बैंक 5.75 5.50 −0.25
ग्लोबल आइएमई बैंक 6.00 6.00 0.00
सिद्धार्थ बैंक 5.75 5.75 0.00
प्राइम कमर्सियल बैंक 6.25 6.00 −0.25
कुमारी बैंक 5.71 5.41 −0.30
सानिमा बैंक 6.33 6.18 −0.15
हिमालयन बैंक 5.50 6.00 +0.50
नेपाल एसबिआई बैंक 5.50 5.35 −0.15
इन्भेष्टमेन्ट मेगा बैंक 5.50 5.25 −0.25
एनएमबि बैंक 6.00 6.00 0.00
सिटिजन्स बैंक 5.65 5.50 −0.15

 

प्रतिक्रिया