एकै दिन ७ अर्बले बढ्यो निक्षेप, सीडी रेसियो कति ?

काठमाडौं - चरम तरलता अभाव भोगिरहेको नेपालमा बैंकहरुमा मौज्दात बिस्तारै बढ्न थालेको देखिएको छ । 

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्याङ्क अनुसार बैंकहरुमा एकै दिन ७ अर्बले निक्षेप बढेको छ । वैशाख १२ गते बैंकहरुमा ४९ खर्ब २५ अर्ब निक्षेप रहेकोमा वैशाख १३ गते ४९ खर्ब ३२ अर्ब निक्षेप संकलन भएको छ।

वाणिज्य बैंकमा वैशाख १३ गते आक्रामक निक्षेप संकलन भएको छ । १२ गते वाणिज्य बैंकहरुमा ४३ खर्ब ५२ अर्ब निक्षेप रहेकोमा १३ गते  ४३ खर्ब  ५९ अर्ब निक्षेप रहेको छ।बैंकहरुले प्रवाह गर्ने कर्जा भने एकै दिनमा १ अर्बले घटेको छ। बैंकहरुले बैशाख १२ गते सम्म ४७ खर्ब २३ अर्ब कर्जा प्रवाह गरेकोमा १३ गते ४७ खर्ब २२ अर्ब कर्जा प्रवाह भएको तथ्यांकले देखाँउछ ।

वाणिज्य बैंकहरुको सिडी रेसियोमा पनि केही सुधार देखिएको छ । वैशाख १२ गते ९० दशमवल ९२ प्रतिशत रहेको सो अनुपात वैशाख १३ गते ९० दशमवल ७७ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया