आदर्श लघुवित्तको शेयर कारोबार रोक्का

काठमाडौं - आदर्श लघुवित्तको सेयर कारोबार रोक्का भएको छ । डिप्रोक्स लघुवित्तले एक्वायर गर्ने भएपछि आइतबार (असोज २३ गते) देखि आदर्श लघुवित्तको सेयर कारोबार रोक्का गरिएको हो । यी दुई संस्थाले असोज १४ गते प्राप्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । प्राप्ति सम्बन्धी समझदारी पत्रमा डिप्रोक्स लघुवित्तका अध्यक्ष दिपक खनाल र आदर्श लघुवित्तका अध्यक्ष सूर्यकुमारी श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

डिप्रोक्स लघुवित्तले प्राप्ति सम्बन्धी बिषयमा काम गर्न प्राप्ति समिति गठन गरिसकेको र आगामी ६ महीनाभित्र प्रक्रिया सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । डिप्रोक्सले बासुप्रसाद उपाध्यायको संयोकत्वमा प्राप्ति समिति गठन गरेको जानकारी दिएको छ । कम्पनीकाअनुसार उक्त समितिमा श्यामकृष्ण दाहाल, सुसन कर्माचार्य, प्रभा धिताल कोइराला सदस्य छन् । 

हाल डिप्रोक्स लघुवित्तको चुक्ता पुँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार रुपैयाँ रहेको छ भने आदर्श लघुवित्तको २ करोड ७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय