प्रतिभा भएर पनि ओझेलमा परेकी संगीता,गीत चर्चामा गायिका ओझेलमा 

काठमाण्डौ । आवाज मात्र होइन उनको सिर्जना पनि उत्तिकै दमदार रहेका छन । आज भन्दा करिव एक बर्स पहिला जाडो भए पछ्यौरी तान बोलको गीत दर्शकले निकै मन पराए । गीत चले पनि कतिपय अवस्थामा त्यस गीतको सर्जक तथा गायिका चर्चामा आँउदैनन् । 

यस्तै होनाहार प्रतिभा हुँदा पनि चर्चामा नआएको नाम हो संगीता पौडेल । २०७१ सालदेखि नेपाल गीत सङ्गीतमा सक्रिय पौडेलले दर्शक स्रोताको लागि दर्जनौं उत्कृष्ट सार्वजनिक गरिन तर तुलनात्मक रुपमा उनको चर्चा भए हुन सकेको छैन । 

२०७१ सालमा डुबेकी छु आँसु भेलैमा बोलको गीतबाट गीत सङ्गीतमा प्रवेश गरेकी पौडेलको लय,शब्द तथा आवाज समेत रहेका धेरै गीतहरू दर्शकले सुनिसकेका छन तर उनको भने खासै चर्चा भएको छैन । 

चर्चा कमाउनु र प्रतिभावान् हुनु फरक भएको जस्तो लाग्ने पौडेलको भनाई छ । उनले आफूले राम्रो सिर्जना गर्दा गर्दै पनि दर्शक माझ ओझेल परेको गुनासो छ । गतवर्ष सार्वजनिक भएको उनको पछिल्लो गीत २५ लाख भन्दा धेरै दर्शकले हेरेका छन भने गीतको आवाज र लय समेत पौडेल स्वयंले दिएकी छन । 

उनको सो चर्चित गीतमा अर्जुन सेन्चुरीलाई शब्द सिर्जना गरेका छन भने खेम सेन्चुरी र संगीता पौडेलको आवाज रहेको छ । गीतलाई संगीता पौडेलको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ । 

 

प्रतिक्रिया