छठपछि मात्र त्रिभुवन विश्वविद्यालयको पठनपाठन सुरु हुने

काठमाडौँ । असामान्य परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठ पर्वपछि मात्रै सुरु हुने भएको छ।

विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाले जारी गरेको सूचनामा भदौ २९, ३० र ३१, असोज १, २ र ५ साथै कार्तिक ९ गतेसम्मको सबै पठनपाठन स्थगित गरिएको उल्लेख छ। नियमित कक्षा भने कार्तिक ११ गतेदेखि सुरु हुने जनाइएको छ।

सूचनामा हिउँदे बिदाबाट कटौती गरेर पठनपाठन तालिका समायोजन गरिने पनि स्पष्ट गरिएको छ। जेन–जी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण देशभर पठनपाठन प्रभावित भएपछि विश्वविद्यालयले यो निर्णय गरेको हो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय