पुस महिनाका लागि वाणिज्य बैंकको ब्याजदर सार्वजनिक

काठमाडौं — पुस महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर सार्वजनिक गरेका छन्। पुस १ गतेदेखि लागू हुने नयाँ ब्याजदरमा अधिकांश बैंकहरूले मंसिर महिनाकै दरलाई निरन्तरता दिएका छन्, भने केही बैंकहरूले ब्याजदर बढाएका छन् र केहीले घटाएका छन्।

प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, र एनएमबि बैंकले ब्याजदर बढाएका छन्। नेपाल बैंक र एनआईसी एशिया बैंकले भने ब्याजदर घटाएका छन्। प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दतिमा अधिकतम ब्याजदर ६।२५५ तोकेको छ। एनएमबि बैंकले व्यक्तिगत मुद्दतिमा ६।६५ र संस्थागत मुद्दतिमा ५।६५ ब्याजदर निर्धारण गरेको छ।

कृषि विकास बैंकले व्यक्तिगत मुद्दतिमा ५।५७५ ब्याजदर पुर्याएको छ। नेपाल बैंकले व्यक्तिगत मुद्दतिमा ब्याजदर ५।९५५ बाट ५।६५ मा झारेको छ। एनआईसी एशिया बैंकले व्यक्तिगत मुद्दतिमा ६।७९५ बाट ६।६५ मा झारेको छ।

लक्ष्मी सनराइज बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, प्रभू बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंकलगायतका बैंकहरूले मंसिरकै ब्याजदरलाई पुस महिनाका लागि पनि निरन्तरता दिएका छन्।

लक्ष्मी सनराइज बैंकले पुस महिनामा सबैभन्दा कम ब्याजदर तोक्दै अधिकतम ५।५५ ब्याज दिने जनाएको छ। ब्याजदर घट्नुले निक्षेपकर्तालाई कम फाइदा भए पनि ऋणीहरूलाई थप आकर्षण हुने देखिएको छ। बैंकहरूले निक्षेपकर्ता आकर्षित गर्न प्रतिस्पर्धात्मक ब्याजदर तोकेका छन्। यो परिवर्तनले ऋण प्रवाहलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया