साताको अन्तिम बढ्यो सुनको मूल्य

काठमाडौंं - शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा शुक्रबार १ हजार रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएकोमा शुक्रबार ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ कायम भएकोमा शुक्रबार १० रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया