सुनचाँदीको मूल्य उकालो लाग्दै, कतिमा हुँदैछ आजको कारोबार

सुनचाँदीको भाउ बढेको छ । फागुन १० गते, सुन तोलामा ८०० रुपैयाँले वृद्धि भएको हो । चाँदी पनि यस दिन तोलामा १५ रुपैयाँले बढोत्तरी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

सोमबार भने सुनको भाउ तोलामा ४०० रुपैयाँले गिरावट भएको थियो । त्यस दिन सुन प्रतितोला ९६ हजार २०० रुपैयाँमा झरेको थियो ।

मंगलबार चाँदीकाे मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन, चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया