सुनको भाउले बनायो नयाँ इतिहास

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक रूपमा वृद्धि भई हालसम्मकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार छापावाल सुन तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ। अघिल्लो दिन बिहीबार यो मूल्य १ लाख ९८ हजार ४ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी तोलामा २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा १० रुपैयाँले बढी हो। बिहीबार चाँदीको मूल्य २ हजार ३१५ रुपैयाँ थियो।

दश ग्राम सुनको मूल्य आज १ लाख ७० हजार ९५५ रुपैयाँ रहेको छ भने १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ६३ रुपैयाँ ५० पैसा पुगेको छ

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय