आइओसीलाई भुक्तानी दिन पौने दुई अर्ब निकासा


काठमाडौं– सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन मूल्य स्थिरीकरण कोषबाट आयल निगमलाई १ अर्ब ८० करोड रुपैयाँ निकासा दिएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर निगमको नोक्सानी बढेपछि आपूर्तिका लागि आवश्यक १ अर्ब ८० करोड सरकारले दिन लागेको हो ।


निगमले आइतबार इन्डियन आयल कर्पोरेशन(आइओसी)लाई दोस्रो किस्ता बुझाउनुपर्नेछ । त्यो किस्ता बुझाउन रकम अभाव भएपछि उद्योग सचिव दिनेश भट्टराईको अध्यक्षतामा शुक्रबार बसेको बैठकले यो रकम दिने निर्णय गरेको हो । निगमले बुधबार पेट्रोलियम पदार्थको मूल्य बढाएपनि अझै १५ दिनको मात्रै नोक्सानी १ अर्ब ८८ करोड रुपैयाँ छ ।
 

प्रतिक्रिया