काठमाडौं - नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्रीको सपथ लिँदै छन् । आईतबार मात्र सत्ता समीकरण फेरबदल भएसँगै तरंग पैदा भएको छ ।
यसै बीच शेयर बजारमा क्षेत्रमा पनि यसको चर्चा हुन सुरु गरेको छ । विशेष गरी विष्णु पौडेल अर्थमन्त्री आउने चर्चाले धेरै उत्साहित भएका छन् । यस अघिको नेप्सेको All Time High उनै पौडेल अर्थमन्त्री हुँदा पुगेको थियो ।
एमालेले अर्थमन्त्री पाउँछनै भन्ने अहिले सम्म पक्का त भएको छैन यदि पायो भने विष्णु पौडेल निर्विकल्प मन्त्री बन्ने धेरैको बुझाइ छ । सामाजिक सञ्जालमा यस विषयमा व्यापक चर्चा समेत चलिरहेको छ ।
प्रधानमन्त्रीमा आज दाहालले केही मन्त्रीसँग सपथ खाने चर्चा बीच विष्णु पौडेल पनि पर्ने कतिको बुझाइ छ ।
यसअघिका समाचार जस्तो हो पटक नेप्सेलाई अल्पकालीन भन्दा दीर्घकालीन फाइदा हुने कतिपयको विचार छ ।
राष्ट्र बैंक,बैंक तथा समग्र अर्थतन्त्रमा सुधारको संकेत देखिने अनुमान गरिएको छ ।