काठमाडौं–नेपालमा पछिल्लो समय हरेक क्षेत्रमा महिलाको सशक्तिकरण भएको छ । राजनीतिक क्षेत्रमात्र नभएर अन्य क्षेत्रमा महिलाको सहभागिता बढिरहेको छ । आर्थिक रुपमा महिलाको पहुँच कम । तर, पछिल्लो समय आर्थिक क्षेत्रमा पनि केही महिला सक्षम र नेतृत्वदायी भूमिकामा महिला छन् । जसले उनीहरुले उच्च तलब सुविधा बुझिरहहेका छन् ।
धेरै तलब सुविधा बुझ्ने मध्येकी एक महिला हुन् अनुपमा खुञ्जेली । खुञ्जेली मेघा बैंकको प्रमुख कार्यकारी अधिकृत हुन् । उनको वार्षिक तलब,भत्ता सहितको सुविधा बापत गत आर्थिक वर्ष पौने दुई करोड रुपैयाँ बुझेकी छिन् । उनी सम्भबतः नेपालमा सबैभन्दा धेरै तलब बुझ्ने महिलामा पर्छिन् ।
नेपालमा सरकारी क्षेत्रमा सबैभन्दा धेरै तलब खाने राष्ट्रपति हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मासिक तलब एक लाख ७७ हजार ५ सय ३१ रुपैयाँ हुन्छ । यसरी हेर्दा वर्षभरीको राष्ट्रपतिको तलब मात्र हेर्ने हो दसैंसमेत जोडेर १३ महिनाको हिसाब गर्दा २३ लाख सात हजार नौ सय तीन रुपैयाँ हुन्छ ।
खुञ्जेली वाणिज्य बैंकहरुमध्ये एक मात्र महिला सिइओ हुन् । बैंकको आर्थिक वर्ष ०७६÷७७ को आर्थिक प्रतिवेदन अनुसार खुञ्जेलीले तलब मात्र बार्षिक तलब १ करोड २ लाख तलब सुविधा लिन्छिन् । सिइओ खुञ्जेलीले बार्षिक रुपमा १ करोड २ लाख रुपैयाँ तलब लिने गरेको बार्षिक प्रतिवेदनमा उल्लेख छ । उक्त तलब बाहेक दशैं भत्ता ८ लाख ५० हजार रुपैयाँ लिएको देखिएको छ । यस्तै इन्धनबापत उनले बैंकबाट बार्षिक ३ लाख ७७ हजार ४५० रुपैयाँ लिएको देखिएको छ ।
आफ्ना व्यक्तिगत कम्पनीमा कसैले धेरै तलब तोकेको भए पनि अरुको कम्पनी वा संस्था वा निकायमा काम गरेर धेरै तलब बुझ्ने महिला खुँजेली हुन् । पुरुषहरु भने खुँजेलीले भन्दा धेरै तलब खाने धेरै छन् । त्यो बाहेक अन्य सुविधा, बोनस, दसैं भत्ता, कल्याणकारी कोषबापत अन्य रकम बुझेकी हुन । यसबाहेक उनले गाडी सुविधा, चालक, मोबाइल खर्च, बिमा र ऐनबमोजिम बोनससमेत प्राप्त गर्छिन् ।
खुञ्जेली उत्कृष्ट महिला व्यवस्थापक पनि हुन् । नेपाल व्यवस्थापन संघको ३९ औं राष्ट्रिय व्यवस्थापन सम्मेलनका क्रममा संघले सन् २०२०मा मेगा बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीलाई ‘बेष्ट वुमन म्याजेजर अफ दि इयर’को रुपमा सम्मानित गरेको थियो । बैंकिङ क्षेत्रमा ३० वर्षदेखि सक्रिय खुञ्जेली वाणिज्य बैंकहरुमध्येकै पहिलो महिला प्रमुख कार्यकारी अधिकृत पनि हुन् । उनको व्यवस्थापकीय नेतृत्वमा सो बैंकले राम्रो वित्तीय कार्यसम्पादन गर्दै आएको छ । उनी मेगा बैंकमा संस्थापनादेखि नै क्रियाशील रहँदै आएकी छिन् । उनले करिब तीन दशक अघि स्टाण्डर्ड चार्टर्ड (तत्कालिन ग्रिण्डलेज) बैंकबाट आफनो बैंकिङ करियर शुरु गरेकी थिइन् ।