काठमाडौं–उर्जा मन्त्रीमा कुलमान घिसिङ आए पछि नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता उठाउने प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले विद्युत प्रयोग गरेवापत भुक्तानी गर्न बाँकी रहेको बक्यौता रकम आगामी कात्तिक १७ गतेभित्र बुझाउन समयसीमा निर्धारण गरेको छ
प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फन विद्युत उपभोग गरेवापत २०७२ माघदेखि २०७५ बैशाख महिनासम्मको बिद्युत महशुल बक्यौता रकम बुझाउन समयसीमा निर्धारण गरेको हो ।
बक्यौता महशुल मासिक किस्ताबन्दीमा रकम भुक्तानी गर्न इच्छुक उपभोक्तालाई बढिमा २८ महिनाको किस्ताबन्दीको सुविधा उपलब्ध गराउने व्यवस्था पनि प्राधिकरणले गरेको छ ।प्राधिकरणको असोज १० गते बसेको बैठकले बक्यौता महशुल रकम बुझाउने यो समय निर्धारण गरेको हो ।