जेन–जी आन्दोलनमा १९ मृत्युपछि गृहमन्त्री लेखकको राजीनामा

जेन–जी पुस्ताको आन्दोलनमा १९ जनाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। उनले सोमबार राति प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका हुन्।

सरकारका एक मन्त्रीका अनुसार, लेखकले राति बालुवाटार पुगेर प्रधानमन्त्रीलाई आफ्नो राजीनामा हस्तान्तरण गरेका थिए। यसअघि सोमबार बसेको नेपाली कांग्रेस पदाधिकारीको आकस्मिक बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले लेखकलाई पदबाट राजीनामा दिन सुझाव दिएका थिए।

सोमबार भएको आन्दोलनका क्रममा काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको थियो। लेखक २०८१ असार ३१ गते गृहमन्त्रीमा नियुक्त भएका थिए।

प्रतिक्रिया