युक्रेन-अमेरिका ‘विशाल सम्झौता’ हुने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकामा एक ‘विशाल सम्झौता’मा हस्ताक्षर गर्ने बताएका छन्। ट्रम्पका अनुसार उक्त सम्झौतामा अमेरिकी सहायता तथा सुरक्षा ग्यारेन्टीको बदलामा युक्रेनले आफ्नो खनिज सम्पदा बाँड्न तयार भएको छ।

ट्रम्पले भने, ‘हामी यस्तो सम्झौता गर्न सफल भएका छौँ, जसअन्तर्गत हामीले लगानी फिर्ता पाउनेछौँ र भविष्यमा थप ठूलो आर्थिक फाइदा प्राप्त गर्नेछौँ।’ उनले रुस र युक्रेनबीच शान्ति स्थापनाका लागि सम्झौता हुन लागेको जानकारी दिँदै रुसले युक्रेनप्रति सहुलियतपूर्ण व्यवहार गर्नुपर्नेमा जोड दिए।

तर, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युक्रेन र अमेरिकाबीच खनिज सम्झौता हुनेबारे कुनै ग्यारेन्टी नभएको बताएका छन्। उनले भने, ‘हामीलाई आवश्यक कुरा सुरक्षा ग्यारेन्टी हो, जुन अत्यन्त महत्वपूर्ण छ।’

ट्रम्पले अमेरिकी सुरक्षाका लागि युक्रेनमा अमेरिकी उपस्थिति आवश्यक रहेको दाबी गर्दै ‘जब हामी युक्रेनी भूमिमा हुनेछौँ, त्यहाँ कसैले हामीसँग खेलवाड गर्न सक्दैन’ भनेका छन्।

प्रतिक्रिया