असोज महिनामा औसत ब्याजदर ०.११ प्रतिशतले घट्यो

काठमाडाैं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। यसअनुसार व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा दिइने औसत अधिकतम ब्याजदर भदौ महिनाको तुलनामा असोजमा ०.११ प्रतिशत घटेको छ।

भदौमा व्यक्तिगत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर ५.५७७ प्रतिशत रहेकोमा असोजमा घटेर ५.४६३५ प्रतिशतमा झरेको छ। त्यस्तै, संस्थागत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर ३.९६३ प्रतिशतविन्दुबाट घटेर ३.८७४५ प्रतिशत पुगेको छ।

२० वाणिज्य बैंकमध्ये ९ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने ९ बैंकले भदौ महिनाकै दरलाई निरन्तरता दिएका छन्। बाँकी २ बैंकले भने ब्याजदर बढाएका छन्।

विशेषतः, प्राइम कमर्सियल बैंक, सानिमा बैंक र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.५ प्रतिशतविन्दुले घटाएका छन्। सिटिजन्स बैंक र एनआईसी एशिया बैंकले ०.२५ प्रतिशतविन्दुले, तथा कुमारी बैंकले ०.२ प्रतिशतविन्दुले दर घटाएका छन्।

यसैबीच लक्ष्मी सनराइज बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले असोज महिनामा क्रमशः ०.२५ प्रतिशतविन्दु र ०.०५ प्रतिशतविन्दुले ब्याजदर बढाएका छन्। बाँकी प्रभु, सिद्धार्थ, राष्ट्रिय वाणिज्य, माछापुच्छ्रे, नविल, नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आइएमई, एनएमबी र हिमालयन बैंकले भदौकै ब्याजदर कायम राखेका छन्।

श्रेणी बैंकहरू परिवर्तन
ब्याजदर घटाएका बैंकहरू प्राइम कमर्सियल बैंक -०.५%
सानिमा बैंक -०.५%
एभरेष्ट बैंक -०.५%
सिटिजन्स बैंक -०.२५%
एनआईसी एशिया बैंक -०.२५%
  कुमारी बैंक -०.२%
ब्याजदर स्थिर राख्ने बैंकहरू प्रभु बैंक कुनै परिवर्तन छैन
सिद्धार्थ बैंक कुनै परिवर्तन छैन
राष्ट्रिय वाणिज्य बैंक कुनै परिवर्तन छैन
माछापुच्छ्रे बैंक कुनै परिवर्तन छैन
नविल बैंक कुनै परिवर्तन छैन
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कुनै परिवर्तन छैन
ग्लोबल आइएमई बैंक कुनै परिवर्तन छैन
एनएमबी बैंक कुनै परिवर्तन छैन
हिमालयन बैंक कुनै परिवर्तन छैन
ब्याजदर बढाएका बैंकहरू लक्ष्मी सनराइज बैंक +०.२५%
स्ट्याण्डर्ड चार्टर्ड बैंक +०.०५%

 

प्रतिक्रिया