आजै बालेन औपचारिक रुपमा मेयरमा नियुक्त हुने,३ वडाको मात्र मत गणना बाँकी

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सबैको ध्यान तानिरहेका छन् ।  मत गणना समेत अन्तिम चरणमा पुगिरहेको बेला उनको जीत निश्चित भएको छ । अब ३ वडाको मात्र मत गणना बाँकी रहेको छ । 

अबेर राती  सार्वजनिक भएको  मतपरिणाम अनुसार १७७५५८ मत गनिसक्दा बालेनले ५७३३७ मत पाएका छन् ।एमाले उम्मेदवार केशव स्थापित अहिले तेस्रो स्थानमा पुगेका छन् उनले ३५७२७  मत पाएका छन् भने कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले ३६२६५ मत ल्याएकी छन् ।

बालेन शाह सिर्जना भन्दा २० भन्दा धेरै मतले अघि रहेका छन् ।

प्रतिक्रिया