काठमाण्डौ - साताको अन्तिम दिन नेप्से १६ अंक भन्दा धेरैले बढेर बजार बन्द भएको छ । योसँगै समग्र बजार ३१७८ विन्दुमा पुगेको छ ।
नेप्सेको लगातार बृद्धिले समग्र बजार अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ । आज कारोबार रकम पनि हिजोको तुलनामा बढेर १७ अर्व ५१ करोड भन्दा धेरै भएको छ । आज दिनै भरिमा उपर तामाकोशीको शेयर सबैभन्दा धेरै खरिद विक्री भएको छ भने सात कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ । शेयर मूल्य बढ्नेमा अधिकांस जलविद्युत र विकास बैक रहेका छन । आज यो समूहकको उपसूचक सबैभन्दा धेरै बढेको छ ।
२२५ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ९४ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ८८ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै ४ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ । विकास बैक उपसूचक सबै भन्दा धेरै बढ्दा होटल समूह भने धेरै घटेको छ । आज जलविद्युत कम्पनीहरुले धेरै गुमाएका छन भने महालक्ष्मी विकास बैकका शेयर धनिले सबै भन्दा धेरै कमाएका छन ।