काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य वृद्धि भएको छ। नेप्से परिसूचक ४.१९ अंकले बढेर २,६३०.७१ विन्दुमा पुगेको छ। ०.१५ प्रतिशतले वृद्धि भएको नेप्सेमा ५ अर्ब ३२ करोड ९२ लाख रुपैयाँ बराबरको २ करोड ९ लाख ७८ हजार कित्ता शेयर किनबेच भयो।
कारोबारका क्रममा ३१० कम्पनी सहभागी भएका थिए। तीमध्ये ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १६३ कम्पनीको घटेको छ। ९ कम्पनीको शेयर मूल्य स्थिर रह्यो। २ कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा ५ कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ।
१३ मध्ये ४ समूहको शेयर मूल्य बढेको छ भने ९ समूहको घटेको छ। सबैभन्दा धेरै वृद्धि हुने समूहमा ट्रेडिङ समूह २.३१ प्रतिशतले बढेर ४,७१८.८५ विन्दुमा पुगेको छ। वाणिज्य बैंक समूह १.८१ प्रतिशतले बढेर १,४२७.९१ विन्दुमा, लगानी समूह ०.२७ प्रतिशतले बढेर ९९.४२ विन्दुमा र लघुवित्त समूह ०.१४ प्रतिशतले बढेर ४,९२२.४७ विन्दुमा पुगेका छन्।
फाइनान्स समूह सबैभन्दा धेरै २.७० प्रतिशतले घटेर ३,०७३.२५ विन्दुमा आएको छ। उत्पादन तथा प्रशोधन समूह ०.०८ प्रतिशतले घटेर ६,८१७.८१ विन्दुमा झरेको छ। अन्य घट्ने समूहमा विकास बैंक २.४८ प्रतिशतले, हाइड्रोपावर १.२८ प्रतिशतले, होटेल तथा पर्यटन ०.७८ प्रतिशतले, जीवन बीमा ०.३० प्रतिशतले, म्युचुअल फन्ड ०.२४ प्रतिशतले, निर्जीवन बीमा ०.२६ प्रतिशतले र अन्य समूह ०.१६ प्रतिशतले घटेका छन्।