गायिका अस्मिताले आमालाई भनिन् "ज्वाँइ चाहियो चट्ट परेको" - भिडियो सहित

काठमाण्डौ । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आउन अब एक महिना पनि बाँकी छैन । तर नेपाली सांगीतिक क्षेत्रमा भने आज भन्दा एक महिना अघिबाट नै तीज गीत सार्वजनिक भइरहेका छन ।

तीजको समयमा नारीका बेदना बोकेका मात्र गीतहरू सार्वजनिक भएका छैनन् माया प्रेम र समाजका विकृति माथि पनि गीत बनेका छन । विगतमा जस्तो छोरी चेली लिनको लागि लामो बाटो हिँडेर जानु पर्ने अवस्था पनि अहिले छैन साथै सामाजिक सञ्जाल लगायत सञ्चारको विकासले तीजको महत्वलाई केही कमी गर्दै लगेको देखिन्छ । यति हुँदा हुँदै पनि तीजमा चेलीका बेदना बोकेका गीतहरू सार्वजनिक भइरहेका छन र दर्शक स्रोताको मन समेत जितिरहेका छन । 

यसैबीच लोकप्रिय गायिका अस्मिता अधिकारी र गोविन्द पङ्गेनीको आवाज रहेको निकै रमाइलो गीत चट्ट परेको बोलको गीत भर्खर मात्र सार्वजनिक भएको छ । हमाल म्युजिक मार्फत गीत सार्वजनिक भएको हो । सार्वजनिक भएको छोटो समयमै गीतले राम्रो प्रतिक्रिया समेत पाएको छ । 

गीतलाई गोविन्द पँगेनीले लय तथा शब्द सिर्जना गरको छन भने संगीत संयोजन एचवीएन किस्मतको रहेको छ । कुमार केसीले निर्देशन गरेको गीतमा लोमश शर्मा,रुविना अधिकारी,राजु सापकोटा,कमला सापकोटा र सुप्रिया बास्तोलाको अभिनय रहेको छ । गीतका टुक्काहरू निकै आकर्षक र उत्कृष्ट रहेका छन । 

 

प्रतिक्रिया