तिनकुने क्षेत्रमा कर्फ्यू

काठमाडौँ । राजधानीको तीनकुनेमा राजावादीको प्रदर्शन उग्र बनेसँगै निषेधाज्ञा कर्फ्यु जारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्वराज अधिकारीले स्थिति नियन्त्रणबाहिर हुन पुगेकाले कर्फ्यु जारी गरिएको बताए ।

उता राजावादी प्रदर्शनकारीलाई सुरक्षाकर्मीले अब केही बेरमा कर्फ्यु लाग्ने सूचना दिएका छन् । भर्खरै माइकिङ गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् ।

प्रतिक्रिया