राजस्वले चालू खर्च धान्न मुस्किल-अर्थमन्त्री शर्मा

काठमाडौं—अर्थमन्त्री जनार्दन शर्माले राजस्वले चालू खर्च पनि धान्न अप्ठ्यारो भएको बताएका छन् । नेपाल आर्थिक पत्रका संघ (नाफिज) ले आयोजना गरेको आर्थिक पुनरूउत्थानमा सार्वजनिक नीजी साझेदारी विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो धारणा राखेका हुन् ।


उनले कोभिड पछिको आर्थिक पुनरूउत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलित उपलब्ध हुन नसकेको बताए । मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रसंशायोग्य भएको भन्दै उनले ठूला पुर्वाधार निर्माणमा सरकारसँग मिलेर निजी क्षेत्रलाई आग्रह गरे ।
 

प्रतिक्रिया