काठमाडौ - सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ । साउन २३ गते, सुन आइतबारकै मूल्यमा कारोबार हुँदैछ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ९६ हजार ३०० रुपैयाँ कायम रहेको छ ।
यस दिन तेजाबी सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबार दिन, सुनको भाउमा गिरावट भएको थियो । आइतबार सुन तोलामा ५०० रुपैयाँले सस्तिएर प्रतितोला ९६ हजार ३०० रुपैयाँमा झरेको थियो ।
सोमबार सुनसँगै चाँदीको मूल्य पनि स्थिर रहेको छ । यस दिन, चाँदी प्रतितोला एक हजार २०५ रुपैयाँ कायम रहेको छ । हिजो चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको थियो ।