काठमाडौं — पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा ठूलो लगानीमा स्तरिय गीतहरू सार्वजनिक भइरहेका छन्। पाँच लाखदेखि १२ लाख रुपैयाँसम्म लगानीमा तयार पारिएका यी गीतहरूले व्यवसायिक सफलता भने खासै हासिल गर्न सकेका छैनन्।
नेपाली संगीत क्षेत्रमा विगत दुई दशकदेखि सक्रिय युवा सर्जक तथा गायक शिरिष देवकोटोको नयाँ गीत ‘गोली बारुद’ भर्खरै सार्वजनिक भएको छ। ‘रोइला किङ्ग’ भनेर परिचित देवकोटाले यस गीतमा मायाप्रेमको विषयवस्तु प्रस्तुत गरेका छन्।
गीतमा शब्द, संगीत र स्वर शिरिष देवकोटाकै रहेको छ भने गायिका समिक्षा अधिकारीले आवाजमा साथ दिएकी छन्। संगीत संयोजन सुनिल परियारले गरेका हुन्।
गीतको म्युजिक भिडियो जेरि भण्डारीको निर्देशनमा तयार गरिएको हो। भिडियोमा भण्डारी आफैंको अभिनय रहेको छ भने उनलाई अभिनेत्री गीता ढुंगानाले साथ दिएकी छन्।