पछिल्लो २४घण्टामा १५५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार १५२ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा १५५ जनाको नतिजा पोजिटिभ आएको हो ।

दुई हजार २३९ नमुनाको पीसीआर परीक्षण गर्दा १०१ र दुई हजार ९१३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५४ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर दुईजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५४० जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ५५ हजार ९९८ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या आठ हजार ८३९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।






प्रतिक्रिया