उत्कृष्ट करदातालाई सम्मान, संस्थागतमा को को परे ?


काठमाडौं—सरकारले गत वर्ष उत्कृष्ट कर तिर्ने करदाता घोषणा गरेको छ । भन्सार विभागले गत आर्थिक वर्ष ०७७÷७८मा धेरै कर तिर्ने कम्पनी तथा व्यक्तिलाई सम्मान गरेको छ ।


कम्पनीहरुमा सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल टेलिकम परेको छ । १० औं राष्ट्रिय कर दिवसको अवसरमा अर्थमन्त्री जनार्दन शर्माले विभिन्न शीर्षकमा सबैभन्दा बढी कर बुझाउने कम्पनी तथा व्यक्तिलाई सम्मान गरे ।


गतवर्ष कम्पनीहरुमा सबैभन्दा बढी कर नेपाल टेलिकमले बुझाएको छ । नेपाल टेलिकमले कम्पनीमा सबैभन्दा बढी कर बुझाएको भन्दै सम्मान पाएको छ । यस्तै वाणिज्य बैंकमा सबैभन्दा बढी कर बुझाउनेमा नबिल बैंक परेको छ । व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्नेमा सिद्धार्थ शमशेर राणा छन् ।


निर्यात उद्योगमा डाबर नेपाल प्रालिले सबैभन्दा बढी गतवर्ष आयकर बुझाएको छ ।विशेष उद्योगमा सबैभन्दा बढी आयकर बुझाउनेमा एशियन पेन्ट्स रहेको छ । सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त तथा कृषि तथा पशुजन्यमा पूर्वाञ्चल एग्रिटेक रहेको छ । वस्तु व्यापारमा भाटभटेनी, हस्पिटलमा नोबेल हस्पिटल, पर्यटनमा तारागाउँ रिजेन्सी र ऊर्जामा हिमाल पावर रहेको छ ।


सबैभन्दा बढी कर दाखिला गर्नेमा सूर्य नेपालले सम्मान पाएको छ । भ्याट समयमा बुझाएर घोराही सिमेन्टले सम्मान पाएको छ । मध्यम स्तरको करदाता कार्यालयबाट सबैभन्दा बढी कर बुझाउने कर्जा सूचना केन्द्रले सम्मान पाएको छ ।
 

प्रतिक्रिया