रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाण्डौ । विगत २ वर्षदेखि कोरोना महामारीको चपेटामा परेको नेपालको अर्थतन्त्र तंग्रीने क्रममा रहेको छ । यसैबीच चाल वर्ष नेपाले ५.८४ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरिएको छ । सो कुराको पूर्वानुमान तथ्यांक विभागले गरेको हो ।
यो आर्थिक वर्ष सहिन अब ३ महिना मात्र बाँकी छ । बाँकी रहेको महिनाहरूमा समेत खासै ठुलो आर्थिक उथलपुथल नआउने विभागको अनुमान छ । कोरोना संक्रमण कारण देशमा लामो समय लकडाउन हुँदा त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा परिरहरेको छ ।
विभागले गरेको प्रक्षेपणमा कृषिमा २.३ प्रतिशत,उद्योगमा १०.३ प्रतिशत तथा सोवा क्षेत्रमा भने वृद्धिदर करिव ६ प्रतिशत हुने अनुमान छ ।
चालु आर्थिक वर्ष ०७८।७९ को ६ देखि ९ महिनासम्मको आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकडा तथा सूचनाहरूका आधारमा तयार गरिएको तथ्यांक अनुसार कुल गार्हस्थ उत्पादनको वृद्धिदर आधारभूत मूल्यमा ५।४९ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ ।