रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाण्डौ । लोकप्रिय गायिका जमुना सनमको आवाज रहेको निकै सुमधुर गीत चार आना भर्खर मात्र सार्वजनिक भएको छ ।
निकै उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको गीतलाई राजु सुनामले लय तथा शब्द सिर्जना गरेका छन भने संगीत संयोजन साथै आवाज समेत राजुकै रहेको छ । माया प्रेमलाई गीतले निकै उत्कृष्ट रुपमा उठाएको छ ।
गीतको म्युजिक भिडियो समेत निकै दमदार बनाइएको छ । गीतलाई लोकप्रिय निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन भने मेक्सन खाती र विना विश्वकर्माको अभिनय रहेको छ । गीतलाई सनम क्रियसनबाट बजार ब्यवस्थापन गरिएको छ ।