काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको आइपीओको पहिलो कारोबार हुने छ । नेप्सेमा बिहिबार पिपुल्स पावर कम्पनीको आइपीओ सूचीकृत भएको थियो । यो सँगै आज पहिलो कारोबार हुने छ ।
कम्पनीको ६३ लाख २६ हजार कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीको सेयरको ओपनिङ रेञ्ज न्यूनतम ९४ रुपैयाँ ९६ पैसा देखि २८४ रुपैयाँ ८८ पैसा रहेको छ ।
कारोबारको संकेत पीपीएल रहेको नेप्सेले जनाएको छ ।
अब आइतबारबाट कम्पनीको आइपीओ सेयर कारोबारमा आउनेछ । आज स्पेसल प्रि ओपन सेसनम कम्पनीको शेयर किनबेच गर्न सकिने छ ।