काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा विगत दुई दशकदेखि सक्रिय बहुप्रतिभाशाली सर्जक तथा गायक देव शाहनीको नयाँ गीत ‘खोली सलसल’ हालै मात्र सार्वजनिक भएको छ। गीत सार्वजनिक भएसँगै चर्चामा आएको छ।
गायक सहानीको अभिनय र आवाज रहेको उक्त गीतमा उनलाई गायनमा मन्दिरा थापा मगरले साथ दिएकी छिन्।
गीतका शब्द नविन बाबु विश्वकर्माले लेखेका हुन् भने शान्त शिशिरले संगीत संयोजन गरेका हुन्।
माया र प्रेम विषयवस्तुमा आधारित गीतमा शाहनीसँगै सुनाइना श्रेष्ठले अभिनय गरेकी छिन्।
गीतको निर्देशन सुशिल कार्कीले गरेका हुन्।
यो गीतले नेपाली संगीतप्रेमीमाझ विशेष चर्चा बटुल्ने अपेक्षा गरिएको छ।